धोबिनी गाउँपालिकामा भारतीय सुरक्षाकर्मी प्रवेशको घटना सार्वजनिक
पर्सा , ६ पुस
पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको घटना सार्वजनिक भएको छ। सीमावर्ती क्षेत्रमा भारतीय प्रहरीको गाडीमै आएका सुरक्षाकर्मी गाउँपालिका वडा नं. ५ भित्रसम्म प्रवेश गरेको बताइएको छ।

धोबिनी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार शुक्रबार भारतीय सुरक्षाकर्मी गाउँभित्र प्रवेश गरेपछि स्थानीयवासीले उनीहरूलाई रोकेका थिए। “कुनै व्यक्तिलाई पक्राउ गर्न आएको जस्तो देखिन्थ्यो,” अध्यक्ष चौहानले भने, “घटना भएको दिन म गाउँबाहिर थिएँ, पछि नेपाल प्रहरीले समन्वय गरेर विषय मिलाएको जानकारी पाएँ।” स्थानीयले सार्वजनिक गरेको भिडियोमा भारतीय प्रहरी अधिकारीलाई ‘नेपालमा के प्रयोजनले आएकोरु’ भन्दै प्रश्न गरिएको आवाज सुनिन्छ। उक्त भिडियो सामाजिक सञ्जालमा समेत फैलिएको छ।

तर यस घटनाबारे पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले आफूलाई स्पष्ट जानकारी नभएको बताएका छन्। “सादा पोसाकमा आएको भन्ने कुरा सुनेको थिएँ,” उनले भने, “नेपाल प्रहरीले समन्वय गरेर भारतीय पक्षलाई फर्काएको भन्ने बुझिएको छ।”
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
