रेसुङ्गा नगरपालिकासहित गुल्मीका पालिकामा एक महिनामा १० आगलागी
गुल्मी, ८ पुस
गुल्मी जिल्लामा पछिल्लो एक महिनाको अवधिमा १० वटा आगलागीका घटना भएका छन्, जसबाट मानवीय र भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सोमबार बिहान रेसुङ्गा नगरपालिका–८ बसपार्कस्थित सुजता अटो वर्कसपमा भएको आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। धुर्कोट गाउँपालिका–१ नयाँगाउँ स्थायी घर भई बसपार्क क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका ४० वर्षीय विक्रम सुनारको वर्कसपमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार आगलागीबाट वर्कसप पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगोबाट सञ्चालक सुनारको अनुहार र बाँया हातमा सामान्य जलेको तथा भाग्ने क्रममा बाँया खुट्टामा चोट लागेपछि गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको छ। आगो रेसुङ्गा नगरपालिकाको दमकल, नेपाल प्रहरी, नगरप्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सारुका अनुसार पछिल्लो एक महिनामा भएका आगलागीका घटनामा एक जनाको मृत्यु, दुई जना घाइते भएका छन्। साथै चारवटा गोठ जलेर नष्ट हुँदा तीन वटा पशुचौपायको मृत्यु र चार वटा घाइते भएका छन्।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
