धार्चे गाउँपालिका–४ लाप्राकमा भरुवा बन्दुक दुर्घटना, एक घाइते - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

धार्चे गाउँपालिका–४ लाप्राकमा भरुवा बन्दुक दुर्घटना, एक घाइते

सुलीकोट , पुस १३ 


   गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा आफैँले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा टेकबहादुर गुरुङ घाइते भएका छन्। बारीतर्फ जाने क्रममा बन्दुक बोकेर हिँडिरहेका गुरुङको असावधानीका कारण ट्रिगर थिचिन गई गोली लाग्दा उनी घाइते भएको प्रहरीले जनाएको छ।

1-1766923490.jpg
    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गुरुङ अवैध रूपमा भरुवा बन्दुक बोकी हिँडिरहेका बेला दुर्घटना भएको हो। घटनापछि घाइते गुरुङलाई उपचारका लागि अल नेपाल अस्पताल, सामाखुशी काठमाडौं लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

2-1766923746.jpg
      घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थल नजिकैको बारीमा शनिबार बेलुका भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।

2-1766923745.PNG
    प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त बन्दुक अवैध रूपमा राखिएको हुन सक्ने आशंका गरिएको छ। हाल प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिई बन्दुक कसरी प्राप्त भयो, कहिलेदेखि प्रयोगमा थियो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार