धार्चे गाउँपालिका–४ लाप्राकमा भरुवा बन्दुक दुर्घटना, एक घाइते
सुलीकोट , पुस १३
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा आफैँले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा टेकबहादुर गुरुङ घाइते भएका छन्। बारीतर्फ जाने क्रममा बन्दुक बोकेर हिँडिरहेका गुरुङको असावधानीका कारण ट्रिगर थिचिन गई गोली लाग्दा उनी घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गुरुङ अवैध रूपमा भरुवा बन्दुक बोकी हिँडिरहेका बेला दुर्घटना भएको हो। घटनापछि घाइते गुरुङलाई उपचारका लागि अल नेपाल अस्पताल, सामाखुशी काठमाडौं लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थल नजिकैको बारीमा शनिबार बेलुका भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त बन्दुक अवैध रूपमा राखिएको हुन सक्ने आशंका गरिएको छ। हाल प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिई बन्दुक कसरी प्राप्त भयो, कहिलेदेखि प्रयोगमा थियो र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
