भरतपुर महानगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

भरतपुर महानगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण

चितवन, पुस १५

    भरतपुर महानगरपालिकाले नगरभित्रका ५६ वटा कृषक समूह तथा सहकारीलाई कृषि कार्यमा प्रयोग हुने विभिन्न औजार अनुदानमा वितरण गरेको छ। महानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा ती संस्थालाई कुल ७७ थान कृषि उपकरण प्रदान गरिएको हो।

MAp-1767092661.jpg
  नगर प्रमुख रेनु दाहालका अनुसार कृषक समूह तथा सहकारीलाई २८ थान कर्न सेलर, १३ थान मकै रोप्ने मेसिन, १३ थान चापकटर, ८ थान रिपर र ७ थान मिनी टेलर हस्तान्तरण गरिएको छ।

2-1767092662.jpg
  यसैगरी, २ थान थ्रेसर तथा गहुँ र तोरीमा प्रयोग हुने आठर, रोटाभेटर, कुटानी मिल, पावर टेलर, डिजिटल काँटा र हाइरो उपकरण एक–एक थान प्रदान गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार