समाचार
भरतपुर महानगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण
चितवन, पुस १५
भरतपुर महानगरपालिकाले नगरभित्रका ५६ वटा कृषक समूह तथा सहकारीलाई कृषि कार्यमा प्रयोग हुने विभिन्न औजार अनुदानमा वितरण गरेको छ। महानगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा ती संस्थालाई कुल ७७ थान कृषि उपकरण प्रदान गरिएको हो।

नगर प्रमुख रेनु दाहालका अनुसार कृषक समूह तथा सहकारीलाई २८ थान कर्न सेलर, १३ थान मकै रोप्ने मेसिन, १३ थान चापकटर, ८ थान रिपर र ७ थान मिनी टेलर हस्तान्तरण गरिएको छ।

यसैगरी, २ थान थ्रेसर तथा गहुँ र तोरीमा प्रयोग हुने आठर, रोटाभेटर, कुटानी मिल, पावर टेलर, डिजिटल काँटा र हाइरो उपकरण एक–एक थान प्रदान गरिएको छ।
प्रकाशित मिति:
मंगलबार, पुस १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
