शङ्खरापुर नगरपालिका–३ मा भीषण बस दुर्घटना, पाँच जनाको मृत्यु - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

शङ्खरापुर नगरपालिका–३ मा भीषण बस दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ ,पुस २४ 


    काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित साँखु जहरसिंहपौवा सडक खण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । सुरुमा चार जनाको मृत्यु भएकोमा उपचारका क्रममा थप एक जनाको ज्यान गएपछि मृतक संख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।  

1-1767861766.jpg
   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार दुर्घटनामा परी मृत्यु हुने सबैको पहिचान भइसकेको छ । दुर्घटनामा कूल २८ जना घाइते भएका छन्, जसमध्ये २३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार जारी छ भने पाँच जना उपचारपछि घर फर्किसकेका छन्।

2-1767861767.jpg
     मृत्यु हुनेहरूमा नेपालगञ्जको कोहलपुर नगरपालिका–५ घर भई हाल बूढानीलकण्ठ बस्दै आएकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई हाल बूढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भई हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौँ जोरपाटी बस्ने ६० वर्षीय अर्जुन लामिछाने रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार