पोखरा महानगरपालिका:कृषि सिकाइको पाठशाला र माया इको भिलेज एकीकृत कृषि फार्म
पोखरा महानगरपालिका-२५, झिझिर्कामा अवस्थित माया इको भिलेज एकीकृत कृषि फार्म हाल व्यावसायिक कृषि सिकाइको प्रमुख केन्द्रका रूपमा स्थापित भएको छ। फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायतका उत्पादनहरू हुँदैछन्। यसका साथै गड्यौला मलको उत्पादन र बिक्री पनि भइरहेको छ।
फार्मका सञ्चालक मीनाकुमारी गुरुङले १६ वर्षको विदेश बसाइपछि स्वदेशमा व्यावसायिक कृषिमा लाग्ने निर्णय गरेकी थिइन्। उनको ३० रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा विभिन्न कृषक समूहका तालिमहरू सञ्चालन भइरहेका छन्। तालिमका सहभागीलाई उनी स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिरहेकी छन्।
फार्ममा हेर्न र बुझ्न आउने व्यक्तिहरूलाई प्रवेश शुल्क १०० निर्धारण गरिएको छ। दिउँसो खाजा र खाना खुवाउने व्यवस्था मिलाइएको छ। पोखरा बजारबाट दिउँसो आएर फार्म अवलोकन गरी खाजा तथा खाना खाएर जानेक्रम बढिरहेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट तालिम सञ्चालन गर्ने भवन निर्माणका लागि सात लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको छ। परियोजनाका तर्फबाट विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिँदै आएको छ।
माया इको भिलेज एकीकृत कृषि फार्मले व्यावसायिक तरकारीखेतीसँगै पशुपालनलाई पनि समेटेर एकीकृत कृषि गर्न सकिएको उदाहरण प्रस्तुत गर्दै आएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
