माधवनारायण नगरपालिकामा विपन्न परिवारलाई जाडो राहत - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
स्वास्थ्य

माधवनारायण नगरपालिकामा विपन्न परिवारलाई जाडो राहत

रौतहट, पुस २७ 

    रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरस्थित अति विपन्न दलित मुसहर बस्तीका ९० घरपरिवारलाई कम्बल र पुष्टकारी सामग्री वितरण गरिएको छ।

2-1768205779.jpg
    लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के अन्तर्गतका १० वटा विभिन्न क्लबहरूको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रत्येक परिवारलाई डबल ब्ल्याङ्केट र पुष्टकारीको प्याकेट उपलब्ध गराइएको हो। कार्यक्रम संयोजक तथा डिष्ट्रिक्ट सिनियर एडभाइजर लायन सुनीता शर्माका अनुसार जाडोबाट बचाउन र पोषणमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको हो।

3-1768205814.jpg
     कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादवले नगरपालिकाको स्रोत सीमित भएकाले सबै क्षेत्रमा आवश्यक बजेट व्यवस्थापन गर्न कठिनाइ रहेको उल्लेख गर्नुभयो। उहाँले दातृ संस्थाको सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य