समाचार
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
धनकुटा, पुस २८
धनकुटाको साँगुरीगढी गाउँपालिका–१० अन्तर्गत घुम्ती खोलानजिक कोशी नदीको किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी इन्सपेक्टर किशोर तामाङका अनुसार करिब ३० देखि ३५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो। शवको पहिचान हालसम्म खुल्न सकेको छैन।

सूचनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति:
सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
