समाचार
पोखरा महानगरपालिकामा कर छुटको अवधि थपियो
पोखरा , माघ १
पोखरा महानगरपालिकाको १८ औँ नगर सभाले पुस मसान्तभित्र उपलब्ध कर छुटको अवधि आगामी चैत मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ। महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार, राजस्व सङ्कलन प्रणालीमा देखा परेको समस्याका कारण सेवाग्राहीहरूलाई कर बुझाउन कठिनाइ भएको अवस्था उत्पन्न भएको थियो। यसलाई मध्यनजर गर्दै नगर सभाले समयावधि थप्ने निर्णय गरेको हो।

चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने प्रावधान भए पनि प्रणालीगत समस्या देखिएपछि कर तिर्न आएका सर्वसाधारणहरू फर्किनुपर्ने स्थिति सिर्जना भएको थियो। सेवाग्राहीले चाहे पनि प्रणालीमा समस्या भएको कारण कर तिर्न नसकेकाले महानगरले कर छुटको समय लम्ब्याएको तिवारीले जानकारी दिए।
प्रकाशित मिति:
बिहीबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
