समाचार
दार्चुला पालिकामा नेमकिपाका रावलद्वारा पहिलो मनोनयन दर्ता
दार्चुला, माघ ६
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा पहिलो मनोनयन पत्र दर्ता भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा एकैसाथ सुरु भएको उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत दार्चुलामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारले सबैभन्दा पहिला मनोनयन दर्ता गराउनु भएको हो ।
-1768898275.jpg)
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भुवन गिरीका अनुसार मङ्गलबार बिहान ११ः३० बजे नेमकिपाका रमेशकुमार रावलले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आफ्नो मनोनयन दर्ता गराउनुभएको हो । उहाँ कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–५ का स्थायी बासिन्दा हुनुहुन्छ । निर्वाचन तालिकाअनुसार उम्मेदवारी दर्ता, जाँच तथा नाम फिर्ताको प्रक्रिया सम्पन्न भएपछि निर्वाचन गतिविधि थप तीव्र हुने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
मंगलबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
