नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर राईद्वारा पदबाट राजीनामा
नेपालगन्ज, माघ ५
नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिन तयारी गरेपछि उहाँले उपमेयर पदबाट राजीनामा दिनुभएको हो ।

राजीनामासम्बन्धी जानकारी दिँदै राईले जनता समाजवादी नेपाल पार्टीले बाँके क्षेत्र २ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेकाले आफूले पद त्याग गरेको बताउनुभयो । २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि जनता समाजवादी पार्टी नेपालबाट बाँके क्षेत्र नम्बर २ मा मो। इस्तियाक राई उम्मेदवार रहनुभएको थियो ।

यसपटकको निर्वाचनमा कमरुद्दिन राई नेकपा (एमाले) मा प्रवेश गरी सूर्य चिन्ह लिएर बाँके क्षेत्र २ बाट प्रतिस्पर्धा गर्ने तयारीमा हुनु हुन्छ । २०७९ को निर्वाचनमा एउटै दलमा रहेर चुनाव लडेका दुवै राई यसपटक फरक दलबाट आमनेसामने हुने सम्भावना देखिएको छ, जसले निर्वाचनलाई थप चासोपूर्ण बनाएको छ ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
