धवलागिरि गाउँपालिका–७ झिनडाँडामा युवतीको हत्या, श्रीमान् नियन्त्रणमा
म्याग्दी, माघ ७
म्याग्दीको धवलागिरि गाउँपालिका–७ झिनडाँडामा भएको एक युवतीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा मृतककै श्रीमान् पक्राउ परेका छन्। गत माघ ३ गते राति घरबाट शौचालय जान निस्केकी २० वर्षीया पुनमाया विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न भएको आरोपमा उनका श्रीमान् पोखरा महानगरपालिका–२३ ठुलाखेतका ३२ वर्षीय रमेश कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार घटनाको गहिरो अनुसन्धानपछि कामीको संलग्नता पुष्टि भएको हो।
-1768982706.jpg)
जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखराको बिरौटाबाट कामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार उनीहरूबीच केही महिनादेखि वैवाहिक सम्बन्धमा तनाव रहेको खुल्न आएको छ। माइतमा बस्दै आएकी पुनमायालाई अभियुक्तले योजनाबद्ध रूपमा पोखराबाट ढोरपाटन हुँदै झिनडाँडास्थित माइतीघर बाहिर कुरेर रातिको समयमा चक्कु प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका कामीबाट हत्या गर्न प्रयोग गरिएको भनिएको रगतजस्तो रातो दाग लागेको कम्ब्याट, रेड्मी मोबाइल फोन तथा एनसेल र एनटिसीका सिमकार्ड बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता
खजुरा गाउँपालिकाले २८ ऐन–कानुन बनाएर सेवा प्रवाह प्रभावकारी बनायो
पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी
सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
