चिशंखुगढी गाउँपालिकामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या
ओखलढुङ्गा, १३ माघ
एक महिनाअघि भएको दम्पती हत्या घटनाको छानबिन जारी रहँदै गर्दा ओखलढुङ्गामा फेरि अर्को वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ। चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरिएको र त्यसपछि दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले घटनास्थल सुरक्षित राखिएको र अनुसन्धानका लागि प्रहरी टोली परिचालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिँदैछ।

यसअघि करिब एक महिनाअघि यही गाउँपालिका–६ भदौरेमै ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको अवस्थामा पुनः अर्को हत्या भएपछि स्थानीयवासीहरू भयभीत बनेका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
