विष्णुपुर गाउँपालिकामा अवैध रुख कटान आरोप, स्थानीय आक्रोशित - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

विष्णुपुर गाउँपालिकामा अवैध रुख कटान आरोप, स्थानीय आक्रोशित

सिरहा , १४ माघ

  चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत विष्णुपुर गाउँपालिका–१ को विष्णुपुर बजार क्षेत्रमा सडकछेउमा लगाइएका रुखहरू बिना अनुमति काटिएको आरोप लागेपछि स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीयका अनुसार बजार क्षेत्रमा रहेका आँप र जामुनका रुखहरू राजनीतिक पहुँचको दुरुपयोग गर्दै कटान गरिएको हो।

4-1769610500.jpg
    स्थानीय अरुण यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवकै अगुवाइमा रुख काटिएको आरोप लगाएका छन्।उनका अनुसार गाउँपालिका अध्यक्षसँगै राजकुमार यादव, नागे यादव र विन्देश्वर यादव (फतुरिया)समेत उक्त रुख कटानमा संलग्न रहेका छन्।यस घटनाबारे डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्राले जानकारी दिँदै घटनाको छानबिन सुरु गरिएको बताए। अनुसन्धानका क्रममा दोषी ठहरिएमा वन ऐनअनुसार कडा कारबाही गरिने उनले स्पष्ट पारे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार