गोलन्जोर गाउँपालिकामा १६ जना हायू परिवार ४ दिनदेखि सम्पर्कविहीन, खोजतलास जारी
सिन्धुली, १२ श्रावण २०८२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पामा रहेको उर्मिला हायू सहित १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएको छ। स्थानीय प्रहरी र समुदायका सदस्यहरूले खोजतलास गर्दा परिवारका सदस्यहरू भेटिएका छैनन्।स्थानीय मोतिराज सापकोटाका अनुसार, ४ दिन पहिले बिहीबार परिवारले सुँगुर काटेर भोज गरेको दिनदेखि सम्पर्क विछोड भएको हो। शुक्रबारदेखि छिमेकीहरूले पनि परिवारका सदस्यहरूलाई देखेन भन्ने बताएका छन्।
प्रहरी र वडाध्यक्ष रविन श्रेष्ठको नेतृत्वमा टोलीले घरमा पुगेर खोजी गर्दा, भान्साघर जलेको अवस्थामा रहेको, भाँडाहरू अस्तव्यस्त रहेका र खोरमा भोकै ५ वटा बाख्रा र रोइरहेको कुकुर भेटिएको बताइएको छ।वडाध्यक्ष श्रेष्ठका अनुसार, हायू जातिका सदस्यहरूले सामाजिक सुरक्षा भत्ताका लागि वडामा र पालिकामा फोन नम्बर दर्ता गरेका छन्, जसबाट सम्पर्क गर्ने प्रयास जारी छ। तर, परिवारको अवस्था बारे अझै केही पत्ता लागेको छैन।सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पनि यस घटनाबारे जानकारी दिएका छन् र खोजी कार्य निरन्तर चलिरहेको बताएका छन्। “फोनको लोकेसन रामेछाप मन्थली देखिएको थियो,” उनले भने, “संभवतस् उनीहरू कहीं घुम्न गएका हुन सक्छन्।
तर, स्थानीयस्तरमा भने हालसम्म केही फेला परेको छैन।”हायू जातिलाई नेपाल सरकारले लोपोन्मुख आदिवासी समुदायको रूपमा सूचीकृत गरेको छ, र हालको जनगणना अनुसार हायू समुदायको जनसंख्या ३ हजार ६९ रहेको छ।
घटनाको थप विवरण र अनुसन्धान जारी रहेको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
