महालक्ष्मी नगरपालिकाको शारदा माविमा १२ लाखको अक्षयकोष स्थापना
धनकुटा , माघ २१
धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित श्री शारदा माध्यमिक विद्यालयमा १२ लाख रुपैयाँभन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ। विद्यालयको ६३औँ वार्षिक उत्सवको अवसर पारेर १३ जना दाताको सहयोगमा १२ लाख ६ हजार ६४३ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको हो। विद्यालयका अनुसार लीलाबहादुर–कृष्णमाया कटुवाल अक्षयकोषका लागि सीताराम कटुवाल र भोलानाथ कटुवालले २ लाख २५ हजार ५५५ रुपैयाँ प्रदान गर्नुभयो। त्यस्तै, तारासी–मनमाया स्मृति अक्षयकोषका लागि गणेश कटुवालले २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गर्नुभयो। तारा–गङ्गा बुढाथोकी अक्षयकोषका लागि धनबहादुर बुढाथोकी ‘रबिन’ले २ लाख ८२ रुपैयाँ हस्तान्तरण गर्नुभयो।

यसैगरी, प्रेम–पूर्ण–विष्णु लाया अक्षयकोषका लागि विष्णु लाया मगरले १ लाख १ हजार १११ रुपैयाँ र भीमलाख–प्रकृति–खाल शैक्षिक सुधार अक्षयकोषका लागि महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम रखाल मगरले १ लाख १ हजार १११ रुपैयाँ विद्यालयलाई प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक गुरु बरालले जानकारी दिनुभयो।

त्यस्तै, अणबहादुर–तेलीमाया अक्षयकोषका लागि मदन राय र भूमिका राय तथा भेदबहादुर–राधिका स्मृति अक्षयकोषका लागि नरबहादुर बानियाले जनही ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभयो। कुलबहादुर–देवीमाया स्मृति अक्षयकोषका लागि जितमाया कार्की र वेगमाया कार्की तथा रुद्रबहादुर–मनमाया अक्षयकोषका लागि डम्बरबहादुर कटुवालले जनही ५१ हजार १११ रुपैयाँ प्रदान गर्नुभयो।
-1770190044.jpg)
यसैगरी, जगतबहादुर–लिलमाया तथा झप्टीमान कटुवाल अक्षयकोषका लागि योगेन्द्र कटुवालले ५० हजार ५ रुपैयाँ, पवित्रामाया–भीममाया–काजीमान अक्षयकोषका लागि सोभितामान कटुवालले ३२ हजार ५० रुपैयाँ, तारावीर–नरमाया थापा अक्षयकोषका लागि रोहितमान थापाले ३१ हजार १२५ रुपैयाँ र लालबहादुर–नैनमाया अक्षयकोषका लागि मोहन श्रेष्ठ तथा शर्मिला श्रेष्ठले ३१ हजार १ रुपैयाँ प्रदान गर्नुभएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम रखाल मगरका अनुसार अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा खर्च गरिनेछ। यस अवसरमा विद्यालयले ६३औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित मनाएको छ। उत्सवका क्रममा पालिकाभित्रका विद्यालयस्तरीय नृत्य प्रतियोगिता, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक सम्मान, विद्यार्थीलाई छात्रवृत्ति तथा पुरस्कार वितरणलगायत कार्यक्रम आयोजना गरिएको थियो।
बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता
खजुरा गाउँपालिकाले २८ ऐन–कानुन बनाएर सेवा प्रवाह प्रभावकारी बनायो
पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी
सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
