काठमाडौं महानगरपालिकाको पहलः तीनकुने–माइतीघरमा साइकल लेन विस्तार
काठमाडौँ, माघ २१
काठमाडौं महानगरपालिकाले तीनकुने–माइतीघर सडकखण्डमा साइकल लेन विस्तारको कामलाई तीव्र बनाएको छ। अत्यधिक सवारी चाप रहने यस मार्गमा साइकलयात्रीको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न महानगरले साइकलमैत्री पूर्वाधारलाई प्राथमिकतामा राख्दै लेन विस्तार गरिरहेको हो।

महानगरका अनुसार दैनिक रूपमा हजारौँ सवारी गुड्ने यो सडक खण्डमा साइकल प्रयोगकर्तालाई जोखिम बढ्दै गएको थियो। त्यसलाई मध्यनजर गर्दै सडकको दायाँ–बायाँ स्पष्ट चिन्हसहित छुट्टै साइकल लेन निर्माण तथा विस्तारको काम अघि बढाइएको छ। यसले साइकलयात्रीलाई मोटरसाइकल र अन्य सवारीसाधनबाट अलग राखी सुरक्षित यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महानगरले वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्ने नीति अनुरूप आगामी दिनमा अन्य मुख्य सडकहरूमा पनि साइकल लेन विस्तार गर्ने योजना बनाएको जनाएको छ। साइकल लेन विस्तारसँगै सडक चिन्ह, रङ्गरोगन र सूचनामूलक संकेतसमेत राखिने जनाइएको छ।
-1770304565.png)
स्थानीय साइकलयात्रीहरूले साइकल लेन विस्तारले दैनिक आवतजावतमा सहजता बढ्ने र दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त गरेका छन्। महानगरपालिकाले नागरिकलाई निजी सवारीको सट्टा साइकल जस्ता दिगो यातायात प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिएको जनाएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
