काठमाडौँ महानगरपालिकाको कोठामा चोरी प्रकरण, तीन जना पक्राउ
काठमाडौँ, माघ २५
काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह बस्दै आएको कोठामा चोरी गर्ने तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–४, चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठामा चोरी भएको घटनामा संलग्न तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकको लिसङ्खुपाखर स्थायी घर भई काठमाडौँको गैरीगाउँ बसोबास गर्दै आएका ४६ वर्षीय खिमबहादुर खड्का र डोटी स्थायी घर भई हाल धादिङको खानीखोला बस्दै आएका ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका एक कैदीले विभिन्न स्थानमा चोरी गर्दै हिँडेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा उक्त चोरी घटनामा संलग्न रहेको पुष्टि भएपछि तीनै जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो। अनुसन्धानका क्रममा मनिष राजवाहकविरुद्ध चोरीसम्बन्धी मुद्दा, खिमबहादुर खड्काविरुद्ध बैंकिङ कसुर र सञ्जय श्रेष्ठविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा रहेको खुलेको प्रहरीले जनाएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
