सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
नवलपरासी , माघ २६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिका–३ को महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट अवैध रूपमा माटो उत्खनन गरी बिक्री गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एक बिचौलियाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालयको सार्वजनिक जग्गाबाट अनुमतिभन्दा बढी माटो उत्खनन गरी आर्थिक लाभ लिएको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको हो। अभियुक्तहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र रामग्राम नगरपालिका–४ निवासी दिनेश यादव रहेका छन्।

आयोगका अनुसार मिति २०८० मंसिर १६ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कित्ता नम्बर २९५ मा रहेको विद्यालयको जग्गा सम्याएर खेतीयोग्य बनाउने जिम्मेवारी अध्यक्ष चौधरीलाई दिएको थियो। सोही क्रममा माटो निकासीका लागि दिनेश यादवसँग सम्झौता गरिए पनि गाउँपालिकाले स्वीकृत गरेको परिमाणभन्दा धेरै माटो उत्खनन गरी बिक्री गरिएको पाइएको छ। स्थलगत नापजाँचका क्रममा तोकिएको सीमाभन्दा अस्वाभाविक रूपमा बढी माटो निकालिएको र त्यसबाट आर्थिक अनियमितता भएको आयोगले जनाएको छ। यस कार्यबाट प्रतिवादीहरूले १० लाख ८ हजार ७०३ रुपैयाँ ७४ पैसा बराबरको सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याएको आयोगको ठहर छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
