सुन्दरहरैंचा नगरपालिकाको कडाइ: बर्डफ्लु नियन्त्रणका लागि आपतकालीन सतर्कता लागू
विराटनगर, चैत ६
मोरङको सुन्दरहरैंचा नगरपालिकामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण देखिएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ। वडा नम्बर ४ मा रहेको एक लेयर्स कुखुरा फार्ममा संक्रमण पुष्टि भएसँगै आसपासका क्षेत्रमा समेत कुखुरा बिरामी पर्ने र मर्ने क्रम बढेको जनाइएको छ।संक्रमण फैलिन नदिन नगरपालिकाले तत्काल प्रभावबाट कुखुरा, अण्डा, मासु, दाना तथा फार्ममा प्रयोग हुने सामग्रीको ओसारपसारमा पूर्ण रोक लगाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि यो प्रतिबन्ध कायम रहने बताइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै कृषक तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभएको छ। कुखुरापालकलाई फार्मभित्र अनावश्यक आवतजावत बन्द गर्न, प्रवेश तथा निकासमा निःसंक्रमण सामग्री (जस्तैस् चुना, फिनेल, स्यानिटाइजर वा साबुन पानी) प्रयोग गर्न निर्देशन दिइएको छ। सर्वसाधारणलाई बिरामी वा मरेका कुखुरा नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ। कुनै ठाउँमा कुखुरा अस्वाभाविक रूपमा बिरामी परे वा मरेमा तुरुन्तै वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन भनिएको छ।
-1773991312.png)
संक्रमित तथा शंकास्पद कुखुराहरूलाई सरकारी मापदण्डअनुसार सुरक्षित रूपमा नष्ट गरिने नगरपालिकाले जनाएको छ। साथै, स्थानीय बजार र मासु पसलहरूलाई समेत अनुगमन तथा निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।नगरपालिकाले संक्रमण नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै पशुपन्छी पालक र उपभोक्तालाई स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
