नाम्खा गाउँपालिकाका उच्च भेगमा हिमपात, मौसमले हवाई सेवा प्रभावित - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

नाम्खा गाउँपालिकाका उच्च भेगमा हिमपात, मौसमले हवाई सेवा प्रभावित

हुम्ला, चैत ६ 

हुम्ला जिल्लाका उच्च हिमाली क्षेत्रमा पुनः हिमपात भएको छ। बिहीबार दिउँसोदेखि मौसम बिग्रिएपछि शुक्रबार रातिदेखि दिउँसोसम्म पटक–पटक हिमपात भएको हो।

Devghat_gaunpalika-1773998914.jpg
    उत्तरी नाम्खा गाउँपालिका लगायत जिल्लाका अधिकांश उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन्। सदरमुकाम सिमकोट आसपासका छोवाखोर क्षेत्रमा समेत हिमपात भएको जानकारी प्राप्त भएको छ। यद्यपि सिमकोटभन्दा तल्लो क्षेत्रमा भने वर्षा भएको बताइएको छ।

280bcbd4-3261-48a5-a877-847ff05d7f8f-1773999397.jpg
    स्थानीयका अनुसार अझै वर्षा जारी रहे सिमकोटमा पनि हिमपात हुने सम्भावना छ। विशेषगरी न्यालु, नारा र लाप्चा क्षेत्रमा उल्लेख्य हिमपात भएको छ भने लिमी क्षेत्रमा पानीसँगै हिउँ परेको बताइएको छ। हिमपातसँगै चिसो अत्यधिक बढेको छ। मौसम प्रतिकूलताका कारण शुक्रबार हवाई सेवा समेत प्रभावित बनेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार