विनयी त्रिवेणी गाउँपालिकामा हिलोका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
नवलपरासी, ८ चैत्र
शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड अझै सहज रूपमा सञ्चालनमा आउन सकेको छैन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा सडक हिलो र चिप्लो बनेपछि यातायात सेवा प्रभावित भएको हो।

हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट निरन्तर बगिरहेको लेदोका कारण सवारी सञ्चालनमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। विशेषगरी घिउखोला र विश्वकर्मा मन्दिर आसपासका क्षेत्रमा सवारीसाधन उकालो चढ्न नसकी बीच बाटोमै फसिरहेका छन्।

उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन उकालोमा चिप्लिने समस्याका कारण अवरुद्ध भइरहेका छन् भने पश्चिमबाट पूर्वतर्फ जाने सवारी भने आंशिक रूपमा मात्र सञ्चालन भइरहेका छन्। लगातार तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन्। लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारी रोकिनुका कारण यात्रुहरू गन्तव्यमा पुग्न ढिलाइ भइरहेको छ।

दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको नारायणघाट–बुटवल सडक आयोजनाले जनाएको छ। सडक खुलाउन मर्मत तथा सुधार कार्य जारी रहेको आयोजनाले जानकारी दिएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
