माथागढी गाउँपालिकामा टिप्पर दुर्घटना : चार जनाको मृत्यु - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

माथागढी गाउँपालिकामा टिप्पर दुर्घटना : चार जनाको मृत्यु

पाल्पा, चैत्र ८

      पाल्पामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चालक चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल बि.क।. रुपन्देहीको देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली तथा पाल्पाको तानसेन नगरपालिका–१० का ३३ वर्षीय राजन चिदी रहेका छन्।

4-1774163331.png
    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका चिदीलाई उपचारका लागि रुपन्देहीस्थित भैरहवा मेडिकल कलेज पठाइएकोमा उपचारकै क्रममा उनको निधन भएको हो।

3-1774163385.jpg
     शनिबार राति माथागढी गाउँपालिका–४ झडेवाबाट वडा नम्बर ७ रहबासतर्फ रहेको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त टिप्परमा चालकसहित चार जना सवार थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार