दोर्दी गाउँपालिकामा घरायसी विवादले उग्र रूप लिँदा बञ्चरो प्रहार, तीन जना गम्भीर घाइते
लमजुङ, चैत ११
लमजुङको दोर्दी गाउँपालिका–५ सादीखोलामा घरायसी विवाद चर्किँदा बञ्चरो प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान स्थानीय ४९ वर्षीय वकन गुरुङले श्रीमतीसँगको झगडाका क्रममा बञ्चरो प्रहार गरेका हुन्। उक्त घटनामा उनकी ४५ वर्षीया श्रीमती चिजमाया गुरुङ गम्भीर घाइते भएकी छन्। उनको बायाँ हात र पेटमा गहिरो चोट लागेको छ र हाल प्रदेश अस्पताल लमजुङको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
-1774451720.png)
त्यसैगरी, घटनामा ७२ वर्षीय गर्वलाल गुरुङ र १० वर्षीय अनमोल गुरुङ पनि घाइते भएका छन्। दुवै जनाको टाउकोमा गम्भीर चोट लागेको र अवस्था नाजुक रहेकाले थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। घटनापछि प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी तत्काल अस्पताल पुर्याएको थियो। बञ्चरो प्रहार गर्ने वकन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
