घोराही उपमहानगरपालिकामा सडक स्तरोन्नतिको माग तीव्र, स्थानीयद्वारा ज्ञापनपत्र
घोराही, चैत १५
दाङको घोराही उपमहानगरपालिका–१७ असारे क्षेत्रका बासिन्दाले सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर हिँड्ने टिप्परका कारण सडक जीर्ण बनेको भन्दै कालोपत्रे गर्न माग गरेका छन्। स्थानीयले आइतबार विभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै सडक स्तरोन्नतिको माग अघि सारेका हुन्।

असारे टोल विकास संस्थाको नेतृत्वमा पुगेका स्थानीयले जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका, सडक डिभिजन कार्यालय तथा वडा नम्बर–१७ को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले घोराही–मुर्कुटी सडकखण्ड लामो समयदेखि बिग्रिएको र आवतजावतमा समस्या भएको बताएका छन्।

स्थानीयका अनुसार डवरीदेखि बंगलाचुली गाउँपालिकासम्मको करिब १५ किलोमिटर सडक टिप्परको अत्यधिक आवागमनका कारण धुलाम्मे र खाल्डाखुल्डी भएको छ। यसले दैनिक जनजीवन मात्र नभई स्वास्थ्य र कृषिमा समेत असर पुर्याएको उनीहरूको गुनासो छ। उक्त सडक हुँदै बंगलाचुली गाउँपालिकाको तापा र स्यूजास्थित चुनखानीबाट विभिन्न सिमेन्ट उद्योगका लागि दैनिक सयभन्दा बढी टिप्पर सञ्चालन हुने गरेका छन्। यही कारण सडकको अवस्था झन् बिग्रिँदै गएको स्थानीयको भनाइ छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
