धवलागिरि गाउँपालिकामा जडीबुटीखेती विस्तार, किसानलाई पालिकाको साथ - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

धवलागिरि गाउँपालिकामा जडीबुटीखेती विस्तार, किसानलाई पालिकाको साथ

म्याग्दी,  १७ चैत्र      

       म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित माकुसका किसानहरू पछिल्लो समय परम्परागत खेती छोडेर व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन्। विशेषगरी सतुवा खेतीलाई आयआर्जनको नयाँ माध्यमका रूपमा अपनाइएको छ।

8aece865-ba5e-43f4-ae3c-b2cd5410f155-1774962496.png
   स्थानीय किसान बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवा खेती गर्दै आउनुभएको छ। उहाँका अनुसार इलामबाट प्रतिगोटा ३० रुपैयाँमा बिरुवा खरिद गरी रोपिएको सतुवाबाट हाल करिब १०० किलोग्राम उत्पादन भएको छ। तर, केही वर्षअघि प्रतिकिलो १६ हजार रुपैयाँसम्म पर्ने सतुवाको मूल्य घटेर अहिले करिब ५ हजार रुपैयाँमा झरेपछि बिक्रीमा समस्या आएको उहाँले बताउनुभयो। रोकाले उत्पादनसँगै १० हजार नयाँ बिरुवा पनि तयार पार्नुभएको छ। पहिले मकै, गहुँ, कोदो, उवा र जौँ लगाइने जमिनमा अहिले सतुवा खेती विस्तार गरिएको छ। समुद्री सतहबाट करिब २,३०० मिटर उचाइमा रहेको माकुसको हावापानी सतुवाका लागि उपयुक्त भएको उहाँको भनाइ छ।

4-1774962502.jpg
     कृषिसँगै रोकाले व्यावसायिक रूपमा बाख्रापालन पनि गर्दै आउनुभएको छ, जहाँ उहाँले ५० भन्दा बढी बाख्रा पाल्नुभएको छ। परम्परागत खेतीबाट लागत समेत उठाउन गाह्रो भएपछि जडीबुटी खेतीतर्फ लाग्नुपरेको उहाँले उल्लेख गर्नुभयो। धवलागिरि गाउँपालिकाले पनि किसानलाई प्रोत्साहन गर्दै गत वर्ष सतुवा खेती गरिएको बारीमा घेराबार गर्न एक लाख रुपैयाँ अनुदान सहयोग गरेको वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार