इस्मा गाउँपालिकामा समयअघि झोलुङ्गे पुल निर्माण, स्थानीयलाई सहज आवतजावत - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

इस्मा गाउँपालिकामा समयअघि झोलुङ्गे पुल निर्माण, स्थानीयलाई सहज आवतजावत

गुल्मी, १७ चैत्र

     गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ मा पर्ने छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिना अगावै निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न भएसँगै स्थानीयवासीमा खुसी छाएको छ।

4-1774963957.jpg
   सडक पूर्वाधार विकास कार्यालय, तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन ९एन–टाइप० पुल आस्था सम्झना जेभी, अर्घाखाँचीले तोकिएको समयसीमाभन्दा छिट्टै तयार पारेको हो। उक्त पुल निर्माणका लागि १ करोड ७१ लाख ८४ हजार ४६० रुपैयाँ बजेट विनियोजन गरिएको थियो। निर्माण कम्पनीसँग २०८२ भदौ ३ गते सम्झौता भई २०८३ भदौ ३ भित्र काम सक्ने लक्ष्य राखिएको भए पनि काम समयअघि नै सम्पन्न भएको हो। पुल तयार भएसँगै वर्षायाममा खोलामा बाढी आउँदा आवतजावतमा हुने समस्या अन्त्य हुने विश्वास गरिएको छ।

8aece865-ba5e-43f4-ae3c-b2cd5410f155-1774963964.png
    यसअघि वर्षात्को समयमा स्थानीयवासी, विशेषगरी विद्यार्थी, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरूले निकै सास्ती भोग्नुपर्थ्यो। खोलो तर्न जोखिम लिनुपर्ने वा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय यमबहादुर थापाले बताउनुभयो।  अब पुल सञ्चालनमा आएसँगै करिब आधा घण्टाको दूरी पाँच मिनेटमै छोटिने भएको छ। स्थानीय रामलाल घिमिरेका अनुसार यसले शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज बनाउनुका साथै व्यापारिक गतिविधिमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार