तातोपानी गाउँपालिकामा छात्रवृत्ति रकम हिनामिना, प्रअसहित तीन जनाविरुद्ध मुद्दा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

तातोपानी गाउँपालिकामा छात्रवृत्ति रकम हिनामिना, प्रअसहित तीन जनाविरुद्ध मुद्दा

जुम्ला, १७ चैत्र

      जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नरेन्द्रबहादुर महत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई तथा लेखा सहायकविरुद्ध आर्थिक वर्ष २०७९/८० मा प्राप्त १ लाख ४५ हजार ३५० रुपैयाँ बराबरको छात्रवृत्ति रकम दुरुपयोग गरेको अभियोग लगाएको हो।

4-1774964528.jpg
     आयोगका अनुसार प्रधानाध्यापक महतले २०८० चैत २१ गते कक्षा १ देखि ५ सम्मका ८३ जना छात्रालाई प्रतिविद्यार्थी १ हजार रुपैयाँ र कक्षा ६ देखि ८ सम्मका ४४ जना छात्रालाई प्रतिविद्यार्थी १ हजार ४८५ रुपैयाँ २३ पैसाका दरले गरी कुल १ लाख ४८ हजार ३५० रुपैयाँ वितरण गरेको भन्दै भर्पाइ तयार गरी गाउँपालिकामा पेश गरेका थिए। तर अनुसन्धानका क्रममा उक्त रकम वास्तविक रूपमा छात्राहरूलाई वितरण नभएको र प्रतिवादीहरूले मिलेमतोमा झुट्टा भर्पाइ तयार गरेको खुल्न आएको आयोगले जनाएको छ। २०८० असोज २१ गतेकै मितिमा कीर्ते कागजात बनाएर पछि पुनः अर्को भर्पाइ तयार गरिएको पनि पुष्टि भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार