मिथिला नगरपालिकामा ४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

मिथिला नगरपालिकामा ४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

ढल्केबर, चैत २०

     धनुषा जिल्लाको मिथिला नगरपालिका–१०, लालगढ क्षेत्रबाट ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक पक्राउ परेका छन्।   

4-1775211261.jpg
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले शुक्रबार सशस्त्र प्रहरी बल नकटाझिज, धनुषामा कार्यरत प्रहरी निरीक्षक वकिल अधिकारीलाई नियन्त्रणमा लिएको हो। आयोगका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माणअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग अनधिकृत रकम माग गरिएको सूचनाका आधारमा छापा मारिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार