बर्दगोरिया गाउँपालिकामा निःशुल्क सुधारिएको चुलो वितरण, उपभोक्ता उत्साहित
कैलाली, चैत २०
कैलालीको बर्दगोरिया गाउँपालिकाले दिगो ऊर्जा प्रवर्धन र स्थानीय उपभोक्तालाई राहत दिने उद्देश्यले सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ। एकता समाज काठमाडौंको सहयोग तथा गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा कम दाउरा खपत हुने र कम धुवाँ निकाल्ने ४ हजार ७९८ वटा चुलो वितरण गरिएको हो। वडा नम्बर १ देखि ६ सम्मका उपभोक्तालाई लक्षित गरी चैत २१ गतेसम्म वितरण कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

ग्यासको मूल्य वृद्धि भइरहेका बेला निःशुल्क चुलो पाउँदा स्थानीय उपभोक्तामा खुसी छाएको छ। यद्यपि आवेदन फारम भर्न छुटेका केही उपभोक्ता भने यस चरणमा वञ्चित भएका छन्। गाउँपालिकाले छुटेकाहरूलाई आगामी चरणमा समेट्ने आश्वासन दिएको छ। सुधारिएको चुलो प्रयोगले घरभित्रको धुवाँ कम गरी श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउन तथा दाउराको खपत घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बढ्दो ग्यास मूल्यका कारण स्थानीयलाई वैकल्पिक ऊर्जा प्रयोगतर्फ प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
