मेरिङ्देन गाउँपालिकामा ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य परीक्षणसमेत सम्पन्न - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

मेरिङ्देन गाउँपालिकामा ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य परीक्षणसमेत सम्पन्न

ताप्लेजुङ, चैत २०

     ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडा कार्यालयको आयोजनामा लिङ्तेपका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सामाजिक योगदानप्रति कृतज्ञता व्यक्त गरिएको हो।

1092334116ramdhuni-nagarpalika-1775213292.jpeg
      वडाध्यक्ष वेदप्रसाद हाङ्गाम लिम्बूका अनुसार वडाभित्रका ८२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। तीमध्ये ६८ देखि ९० वर्ष उमेर समूहका ३८ महिला र ४४ पुरुष रहेका छन्। उनीहरूलाई काँचको थाल र बटुकाको सेट प्रदान गरी सम्मान गरिएको बताइएको छ। वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कुल ८६ जना ज्येष्ठ नागरिकमध्ये चार जना गाउँबाहिर रहेकाले कार्यक्रममा सहभागी हुन नसकेको जानकारी दिइएको छ।

2-1775213292.jpg
     वडाको विभिन्न टोलमा पुगेर बुधबार र बिहीबारसम्म सम्मान कार्यक्रम सञ्चालन गरिएको थियो भने शुक्रबार वडा कार्यालयमै केन्द्रित कार्यक्रम गरी सम्मान गरिएको हो। सम्मान कार्यक्रमसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार