गुल्मीका पालिकालाई एक अर्बभन्दा बढी अनुदान - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

गुल्मीका पालिकालाई एक अर्बभन्दा बढी अनुदान

गुल्मी , चैत २२

      आगामी आर्थिक वर्ष  २०८३–०८४ का लागि जिल्लाका स्थानीय तहले संघीय सरकारबाट एक अर्बभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन्। जिल्लाभित्रका दुई नगरपालिका र दस गाउँपालिकाले कुल एक अर्ब १२ करोड ७३ लाख रुपैयाँ अनुदान पाउने निश्चित भएको हो।  संविधानअनुसार नेपाल सरकार ले संघीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय तहलाई उनीहरूको खर्च आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान उपलब्ध गराउँदै आएको छ। न्यूनतम आधार, सूत्र प्रणाली र कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर यस्तो अनुदान वितरण गरिन्छ।

2-1775393400.jpg
    उक्त अनुदान रकमको सिफारिस राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले गरेको हो। आगामी वर्ष सबैभन्दा धेरै अनुदान रेसुङ्गा नगरपालिका ले ११ करोड २८ लाख रुपैयाँ प्राप्त गर्नेछ भने मुसीकोट नगरपालिका ले ११ करोड १८ लाख रुपैयाँ पाउने भएको छ।  गाउँपालिकातर्फ सत्यवती गाउँपालिका ले ९ करोड ८३ लाख, चन्द्रकोट गाउँपालिका ले ९ करोड ४१ लाख, मालिका गाउँपालिका ले ९ करोड ९ लाख, धुर्कोट गाउँपालिका ले ९ करोड ७ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार