गैंडाकोट नगरपालिका सूचना: “बगैंचा एड्भेन्चर रिसोर्ट” मा आगलागी
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं। ११ स्थित बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ। पाँच सय जना अट्ने उक्त रिसोर्टको मुख्य हल र रिसेप्सनमा आगो लागेको हो, जसबाट मुख्य भवनमा ठूलो क्षति पुगेको छ।
रिसोर्टको संरचना प्रायः काठबाट बनेकोले आगो फैलिन सजिलो भएको अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट सर्किटका कारण आगो लागेको हुनसक्ने आशंका गरिएको छ।
आगो नियन्त्रणमा लिन कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाका दमकल, प्रहरी र स्थानीयवासीहरूको सक्रिय सहयोग प्राप्त भएको छ। वर्तमानमा क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
रिसोर्टका सञ्चालक सन्तोष धिताल, जो विदेशबाट फर्किएर ९ वर्ष लगाएर यो रिसोर्ट निर्माणमा संलग्न थिए, डेढ वर्ष अगाडि मात्र रिसोर्ट सञ्चालनमा ल्याएका थिए। रिसोर्टको निर्माणमा र्याम्ड अर्थु प्रविधिको प्रयोग गरिएको छ र यहाँ काठबाट बनेका काईट हाउस र कार्ट हाउस जस्ता संरचनाहरू रहेका छन्।
घटनास्थलमा प्रहरी र स्थानीय प्रशासनको टोलीले थप अनुसन्धान गरिरहेको छ र आगलागीको कारण र क्षतिको विस्तृत विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
