तिलोत्तमा नगरपालिकाको सहकारीमा ८० करोडको शंकास्पद कारोबार, ३७ करोड अपचलन
तिलोत्तमा नगरपालिका–३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा ८० करोडको शंकास्पद कारोबार र ३७ करोडभन्दा बढी अपचलन भएको खुलासा भएको छ। सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा २५ करोड बढी रकम अपरिचित व्यक्तिलाई ऋणको रूपमा लगानी गरिएको र १२ करोड रकम हिनामिना गरेको पाइएको छ। सहकारीको सफ्टवेयरमा १३ हजार पटक ‘ऋण विवरण इन्ट्री र डिलिट गरिएको र थुप्रै ऋण बिना धितो वा मूल्याङ्कनका व्यक्तिलाई प्रवाह गरिएको पाइएको छ।
८० करोडको कारोबारको ४३ करोड बिना सेवा शुल्क प्रवाह गरिएको छ।सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा फरार छन्, जबकि व्यवस्थापक वसन्त पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। अध्यक्ष र सचिवका श्रीमतीलाई बचतकर्ताले नियन्त्रणमा लिएका छन्।प्रहरीले फरार रहेका अध्यक्ष र सचिवको खोजी जारी राखेको छ र लेखा परीक्षण रिपोर्टका आधारमा थप अनुसन्धान गर्ने जनाएको छ।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
