दिक्तेल मझुवागढी नगरपालिकाको नीति मागमा सरकारसँगको वार्ता निष्कर्षविहीन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले गरिरहेको आमरण अनशन सम्बन्धमा सरकार र अनशनरत पक्षबीच बिहीबार राति भएको वार्ता निष्कर्षविहीन बनेको छ। राति साढे ९ बजेसम्म चलेको वार्तामा दुवै पक्षबीच केही मागबारे सहमति नजुटेपछि वार्ता बिना निर्णय टुंगिएको हो।नगर प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार अनशनरत पक्षले एक साताभित्र बाँसको दररेट, नमूना तथा भवन निर्माणसम्बन्धी कोड निर्धारण गर्नुपर्ने स्पष्ट मिति माग गरेका थिए। तर, सरकारपक्षले यथाशीघ्र प्रक्रिया अघि बढाउनेू मात्र भनिएको थियो।साथै, सिसा र प्लास्टिकजन्य वस्तुहरूमा १० प्रतिशत कर लगाउने अनशनरत पक्षको मागमा सरकारपक्षले नगरपालिकाले आफैं कर तोक्न सक्ने अधिकार छू भन्दै संघीय तहको निर्णय आवश्यक नरहेको अडान लिएको थियो।
यता, अनशनरत पक्षले भने यस्तो कर दोहोरो नहोस् भन्ने सुनिश्चितता संघीय सरकारले दिनुपर्ने बताउँदै अडान कायमै राखेको छ। ल यस्तै,दिक्तेल रूपाकोट मझुवागढीलाई बाँसको राजधानीू घोषणा गर्नुपर्ने प्रस्तावबारे सरकारपक्षले त्यसलाई नगरपालिका,प्रदेश हुँदै संघमा प्रक्रियागत रूपमा लैजानुपर्ने धारणा राखेको छ।प्रवक्ता घिमिरेका अनुसार,अनशनरत पक्ष वार्ताबाट स्पष्ट र समयबद्ध निर्णय चाहन्छ,तर सरकारपक्ष गोलमटोल जवाफमा सीमित रह्यो।” उनले थपे,वार्ता अझै पनि सम्भव छ। आशा छ,सरकार गम्भीर भएर समस्या समाधानको पहल गर्नेछ।

शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
