चन्द्रकोट गाउँपालिकामा पहिरोको प्रकोप: दिव्रुङ्ग स्वास्थ्यचौकी र सडक मार्ग अवरुद्ध - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

चन्द्रकोट गाउँपालिकामा पहिरोको प्रकोप: दिव्रुङ्ग स्वास्थ्यचौकी र सडक मार्ग अवरुद्ध


  गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–१ स्थित दिव्रुङ्ग स्वास्थ्यचौकी शनिबार र आइतबारको अविरल वर्षासँगै आएको पहिरोले पुरेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। स्वास्थ्यचौकीका अहेव जीवन पुन मगरका अनुसार,पहिरोले प्रसुती कक्षलाई पूर्ण रूपमा नष्ट गरेको छ र भवनभित्र पानीसहितको माटो पस्दा औषधि र अन्य सामग्रीमा क्षति पुगेको छ। अझैपनि माथिबाट माटो खस्ने क्रम जारी रहेको र यसले थप जोखिम निम्त्याएको उनले बताए।  

1-1754296506.jpg
 

  दैनिक २० जना सेवाग्राही आउने यो स्वास्थ्यचौकीको नयाँ भवन निर्माणको प्रक्रिया पूरा नभएकाले पुरानो संरचनाबाटै सेवा सञ्चालन हुँदै आएको थियो। चन्द्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम खरेलले प्रहरी र गाउँपालिकासँग समन्वय भइरहेको र क्षति र अवस्था मूल्यांकन गरेर आवश्यक सेवा प्रवाह गरिने जानकारी दिए।

2-1754296510.JPG
   यसैबीच,बर्सातसहितको पहिरोले जिल्लाका प्रमुख सडक मार्गहरू—कालिगण्डकी करिडोर र रिडी–रुद्रवेणी–वामी सडकलाई अवरुद्ध बनाएको छ। कालिगण्डकी करिडोरको बाराल्वास्थित खड्गकोटमा ठूलो पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ भने रिडी–वामी–ताक्सर सडकमा दाहरे र लेदो नदीको पानीको बहाव बढेर सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगा बहादुर सारुका अनुसार,रिडी–तम्घास सडक भने सुचारु भएको छ भने अन्य दुई मार्गको मर्मतका लागि प्रयास जारी रहेको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार