पाँचथर गाउँपालिकाद्वारा तातोपानी नाका सहजता र उद्धारमा महत्वपूर्ण पहल
सिन्धुपाल्चोक, श्रावण १७: तातोपानी नाका सहज बनाउन र अलपत्र नेपालीको उद्धारमा नेपाल–चीनबीच उच्चस्तरीय बैठक सम्पन्न भएको छ। चीनको झाङ्मुमा सम्पन्न बैठकमा क्रस बोर्डर अपराध नियन्त्रण, आयात–निर्यात सन्तुलन र आपसी मित्रता विषयमा छलफल भएको हो।
नेपालले निर्यातमा प्राथमिकता, कन्टेनर संख्या वृद्धि, कैलाश मानसरोवर साझेदारीलगायत माग राख्यो। रसुवामा बाढीले फसेका २०५ नेपालीको सफल उद्धारप्रति चीनलाई धन्यवाद दिँदै थप सहयोग आग्रह गरिएको थियो।व्यवसायीहरूले एकतर्फी आयात, नाका सुरक्षामा कडाइ र कोदारी राजमार्गको क्षतिले व्यापार ठप्प भएको गुनासो गरेका छन्।

तातोपानी भन्सारका अनुसार, निर्यात खुलेपछिको सुरुवातमा ५० लाख बराबरको सामग्री पठाइए पनि त्यसयता निर्यात शून्यजस्तै छ।बैठकले सीमा व्यवस्थापन र आपसी सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता जनाए पनि व्यावहारिक सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
