हलेसी तुवाचुङ नगरपालिका क्षेत्रभित्र माइक्रोबस दुर्घटना: एकको मृत्यु, १४ जना घाइते
खोटाङ — हलेसी मन्दिर दर्शन गरी सिरहातर्फ फर्कदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटनामा परेको छ,जसमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।माइक्रोबस प्रदेश २–०१–००१ ज ००५३ नम्बरको रहेको छ र दुर्घटना आज बिहान करिब ९ बजे मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै भएको हो।

दुर्घटनामा मृत्यु भएका व्यक्ति र घाइतेहरूको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। घाइतेहरूलाई तुरुन्तै उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि घुर्मी र काठमाडौं पठाइएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर भएकाले उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टर,काठमाडौं लगिएको छ भने आठ जनाको उपचार घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा भइरहेको छ।माइक्रोबसमा कुल १६ जना यात्रु रहेका थिए।
दुर्घटना स्थलबाट लगभग २०० मिटर तल माइक्रोबस खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। दुर्घटनास्थलमा बाक्लो बुट्यान र झाडीले ठूलो मानवीय क्षति हुनबाट जोगाएको स्थानीय अधिकारीहरूले जनाएका छन्।प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गर्दैछ। यो दुर्घटना विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा जारी ‘बोलबम’ मेलाको क्रममा दर्शन गरेर फर्किंदै गरेका यात्रुहरूको माइक्रोबसलाई परेको हो।खोटाङ प्रहरी र स्थानीयको सहयोगमा उद्धारकार्य निरन्तर जारी छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
