समाचार
माथागढी गाउँपालिका–१, बुढीकोट : पहिरोले आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक अवरुद्ध
श्रावण २०, २०८२— पाल्पाको माथागढी गाउँपालिका–१, बुढीकोट नजिक खसेको पहिरोका कारण आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक खण्ड मंगलबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

४९ किलोमिटर लामो यस सडकको निर्माणाधीन खण्डमा, डोजर प्रयोग गरिएका ठाउँमा भारी पहिरो खसेको स्थानीय बासिन्दा र प्रहरी चौकी ताहुँले जनाएका छन्। यो मार्ग हुँदै पूर्वका माथागढी, पूर्वखोला, रम्भा, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाका केही भागमा सवारी आवागमन हुने गर्छ।

तर पहिरोका कारण अहिले साना तथा ठूला सवारीसाधन चल्न सकेका छैनन्।चिदीपानी, हुमीन, बीरकोट, ताँहु, जल्पा, ज्यामिरे, अर्चले, सिलुवा, जब्गादी, वेलडाँडा लगायतका दर्जनौं स्थान जाने सडकहरू समेत प्रभावित भएका छन्।
प्रकाशित मिति:
मंगलबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
