सिन्धुलीबाट बेपत्ता भएका हैयू समुदायका १६ जना पोखरामा फेला, गाउँ फर्कने तयारीमा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

सिन्धुलीबाट बेपत्ता भएका हैयू समुदायका १६ जना पोखरामा फेला, गाउँ फर्कने तयारीमा


सिन्धुपाल्चोक, साउन—२० 
  सिन्धुलीको गोलेन्जोर गाउँपालिका–६ बाट साउन ११ गते बेपत्ता भएको हैयू समुदायको १६ सदस्यीय परिवार अन्ततःआफ्नै स्थायी ठेगाना सिन्धुपाल्चोक फर्किएको छन्।

 

4-1754387809.JPG

  उक्त परिवारलाई केही दिनअघि पोखरा–३०,गगनगाउँडामा आफन्तकहाँ सुरक्षित अवस्थामा फेला पारिएको थियो। प्रहरी, स्थानीय प्रशासन, र समाजसेवीहरूको समन्वयमा उनीहरूलाई घर फर्काइएको हो।आर्थिक संकटका कारण गाउँ छोडेका थिए।

 

5-1754387812.JPG

   परिवारको आर्थिक अवस्था कमजोर थियो र घरमूलीको निधनपछि उनीहरू ऋणमा परेका थिए। सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेको भोलिपल्ट उनीहरू सम्पर्कविहीन बनेका थिए। त्यसपछि खोजी गर्दा उनीहरूको मोबाइलको अन्तिम लोकेसन रामेछापमा देखिएको थियो।

 

3-1754387805.jpg

    गाउँलेले स्वागत गरेगाउँ फर्किएका परिवारलाई स्थानियबासी र जनप्रतिनिधिहरूले स्वागत गरेका छन्। स्थानीय वडाध्यक्षले आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन्। प्रशासनले पनि परिवारलाई मनोपरामर्श र राहत सहयोगको व्यवस्था गर्ने बताएको छ।यो घटना आर्थिक समस्या, सामाजिक सुरक्षा, र दुर्गम क्षेत्रमा बसोबास गर्ने समुदायका समस्या प्रतिको गहिरो सन्देशका रूपमा लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार