स्थानीय तह निर्वाचनमा कांग्रेसबाट दुई जिल्लाका जिसस प्रमुख निर्विरोध
स्थानीय तह निर्वाचनमा कांग्रेसबाट दुई जिल्लाका जिसस प्रमुख निर्विरोध
स्थानीय तह उपनिर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छिन् । प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौराले उम्मेदवारी फिर्ता लिएसँगै नेपाली कांग्रेसकी चौधरी निर्विारोध भएकी हुन् ।
बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतीले उम्मेदवारी फिर्ता लिएकी हुन् । कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो । कांग्रेसलाई एमालेले समर्थन गरेको कारण चौधरीको जित निश्चित देखेपछि नाउपाले उम्मेदवारी फिर्ता लिएको हो ।
यसअघि ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका थिए । आज उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको थियो । आजै अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरी चुनाव चिन्ह दिँदैछ । मंसिर १६ गते चुनाव हुनेछ ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
