कोसी गाउँपालिकामा नक्कली नोटसहित दुई जना पक्राउ
सुनसरी, साउन २१, २०८२
सुनसरीको कोसी गाउँपालिका–८ भीमनगर सीमावर्ती क्षेत्रमा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार,भारतबाट नेपाल तर्फ आउँदै गरेकोलु ९२ प २३ ८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्। इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको टोलीले साउन २० गते राति उनीहरूलाई पक्राउ गरेको प्रवक्ता योगराज खतिवडा ले जानकारी दिए।

प्रहरीका अनुसार, मोटरसाइकलमा पछाडि सवार राजेश चमारको साथबाट नेपाली हजार दरका ३८ थान नक्कली नोट फेला परेका हुन्। प्रहरीले नक्कली नोटसहित मोटरसाइकल पनि बरामद गरेको छ। हाल दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
