पोखरा महानगरपालिकाद्वारा पाँच वर्षे नगर ऊर्जा योजना सार्वजनिक
पोखरा, साउन २१
पोखरा महानगरपालिकाले दिगो सहरी विकास र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि पाँच वर्षे नगर ऊर्जा योजना (MEP) सार्वजनिक गरेको छ। मेयर धनराज आचार्यले मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त योजना सार्वजनिक गरेका हुन्।
योजनाको मुख्य उद्देश्य ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता अभिवृद्धि र नवीकरणीय ऊर्जाको प्रवर्द्धन रहेको छ। योजना अनुसार घरायसी, व्यापारिक र औद्योगिक क्षेत्रमा स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रयोगमा प्राथमिकता दिइनेछ। साथै, हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण र स्थानीय स्रोतमा आधारित ऊर्जा प्रयोगमा पनि जोड दिइने महानगरले जनाएको छ।
जर्मन प्रविधिक सहयोग संस्था ९न्क्ष्श्० नेपालको रिप–ग्रीनु कार्यक्रमको प्राविधिक सहयोगमा महानगरको ऊर्जा विकास उपसमितिले योजना तयार गरेको हो। विभिन्न सरोकारवाला निकायहरूसँगको छलफल र परामर्शपछि योजना तयार पारिएको बताइएको छ।
पाँच वर्षे यो योजनाको कुल लागत करिब एक अर्ब ३३ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको छ। योजना अन्तर्गत जनचेतना अभिवृद्धिका लागि शैक्षिक अभियान सञ्चालन गरिनेछ।

नेपालमा रिप–ग्रीन कार्यक्रम युरोपेली युनियन (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को सहकार्यमा कार्यान्वयन भइरहेको छ। कार्यक्रम संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्यमा सञ्चालन गरिएको हो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
