पोखरा महानगरपालिकाद्वारा पाँच वर्षे नगर ऊर्जा योजना सार्वजनिक - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

पोखरा महानगरपालिकाद्वारा पाँच वर्षे नगर ऊर्जा योजना सार्वजनिक

 


पोखरा, साउन २१ 

  पोखरा महानगरपालिकाले दिगो सहरी विकास र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि पाँच वर्षे नगर ऊर्जा योजना  (MEP) सार्वजनिक गरेको छ। मेयर धनराज आचार्यले मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त योजना सार्वजनिक गरेका हुन्।

2-1754474898.JPG
 

    योजनाको मुख्य उद्देश्य ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता अभिवृद्धि र नवीकरणीय ऊर्जाको प्रवर्द्धन रहेको छ। योजना अनुसार घरायसी, व्यापारिक र औद्योगिक क्षेत्रमा स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रयोगमा प्राथमिकता दिइनेछ। साथै, हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण र स्थानीय स्रोतमा आधारित ऊर्जा प्रयोगमा पनि जोड दिइने महानगरले जनाएको छ।

5-1754474908.JPG
    जर्मन प्रविधिक सहयोग संस्था ९न्क्ष्श्० नेपालको रिप–ग्रीनु कार्यक्रमको प्राविधिक सहयोगमा महानगरको ऊर्जा विकास उपसमितिले योजना तयार गरेको हो। विभिन्न सरोकारवाला निकायहरूसँगको छलफल र परामर्शपछि योजना तयार पारिएको बताइएको छ।

 

2-1754474898.JPG
  पाँच वर्षे यो योजनाको कुल लागत करिब एक अर्ब ३३ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको छ। योजना अन्तर्गत जनचेतना अभिवृद्धिका लागि शैक्षिक अभियान सञ्चालन गरिनेछ।

 

1-1754474904.jpg
   नेपालमा रिप–ग्रीन कार्यक्रम युरोपेली युनियन (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय  (BMZ) को सहकार्यमा कार्यान्वयन भइरहेको छ। कार्यक्रम संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्यमा सञ्चालन गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार