गुम्बाको संरक्षणदेखि सडकसम्म: लोघेकर–दामोदरकुण्ड पालिका विकासको उदाहरण
मुस्ताङ, साउन २२
उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४, यारा क्षेत्रको करिब ४,००० मिटर उचाइमा अवस्थित लुरी गुम्बा, ऐतिहासिक र धार्मिक दृष्टिले निहित सुनौलो खजाना हो। आठ सय वर्ष पुरानो यो गुफाभित्रको गुम्बा १२ औँ शताब्दीमा निर्माण भएको मानिन्छ र यसले निङ्मापा तान्त्रिक सम्प्रदायसँग गहिरो सम्बन्ध राख्छ ।
लुरी गुम्बा तीनवटा गुफामा विभाजित छ, जहाँ प्रवेशका लागि गोरेटो र सिँढी चढ्नु पर्दछस मुख्य आँगनसम्म काठको भर्याङले सजिलो पहुँच सुनिश्चित गरेको छ। यहाँको मुख्य क्षेत्र पहराभित्रको गुफामा रहेको छ। जहाँ प्राकृतिक छोर्तेनले केन्द्र बिन्दु दिएको छ।

तल्लो भागमा १५ औँ शताब्दीका आकर्षक भित्तेचित्रहरू, पुराना पुस्तक, थाङ्का चित्र र पद्मसम्भवको मूर्ति देखा पाइन्छ।
राजनीतिक इतिहासमा, तत्कालीन ल्होका राजाले भुटानी राजकन्यालाई खुशी पार्न यो गुम्बा निर्माण गरेको विश्वास जनश्रुति छ। त्यसैगरी, यारागाउँ जन्मि एका कुन्छाङ झलु नामका लामाले यहाँ तपस्या गरी उड्ने सिद्धि प्राप्त गरेका कथन पनि प्रचलित छस त्यसले गर्दा गुम्बापारि पहाडको चुचुरोलाई उनको बासस्थान मानिन्छ।
यारा र घारागाउँमा धर्मशाला र सादा अतिथि सुविधाहरू उपलब्ध छन्। चराङबाट घारागाउँ पुग्न एक घण्टा सवारी यात्रापछि, त्यहाँबाट पैदल करिब २० मिनेट लाग्छ—जुन मार्गमा अनौठा पहाड संरचनाहरूले दृश्य सौन्दर्य थपेको हुन्छ।
गाउँपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त प्रयासमा करिब ३ सय मिटर लामो पक्की पदमार्ग निर्माण भइरहेको छ, साथै सार्वजनिक शौचालय निर्माणका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

तर, प्रचारप्रसार असजिलो हुँदा, धार्मिक र ऐतिहासिक महत्वका बाबजुद पनि यहि गुम्बा सामुहिक दृष्टिबाट कम मूल्यांकन भएको छ। संरक्षण र लोकप्रियता का लागि अझ सक्रिय पहलको आवश्यकतालाई स्थानीय तह र समुदायले जोड दिएका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
