खुर्सानीबाट आर्थिक समृद्धि: पौवादुङ गाउँपालिकाको कृषिगत पहल - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

खुर्सानीबाट आर्थिक समृद्धि: पौवादुङ गाउँपालिकाको कृषिगत पहल

भोजपुर, साउन २२, २०८२ 
  पौवादुङ–२, सोसेटारका किसान देउमान राईले आठ वर्षदेखि व्यावसायिक रूपमा अकबरे खुर्सानीखेतीमा सक्रिय छन्। यस वर्ष उनले २५ रोपनीमा करिब १७ हजार बोट रुचाइएको खुर्सानी रोपेका छन्।

3-1754559020.jpg
 

  आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचबाट खेती विस्तार गरेको हुँ, उहाँले बताउनुभयो।गाउँपालिकाले मल्चिङ प्लास्टिकमा ५०५ अनुदान उपलब्ध गराउँदा खेती सजिलो बनेको छ। उहाँले फार्ममा दुई जनालाई रोजगार पनि दिनुभएको छ। सडक सुविधा राम्रो भएकाले उत्पादित खुर्सानी घरमै बिक्री गर्न सकिने भएकोले बजार पहुँच सहज भएको छ।

2-1754558965.JPG
 

    देउमान मात्र होइन, गाउँका सयौं किसान यो व्यवसायमा लागेका छन्।गाउँपालिकाले ७५० किसानलाई रु। ७० लाखभन्दा बढी मूल्यको कृषि सामग्री वितरण गरेको हो। त्यही वर्ष खुर्सानीखेतीबाट करिब रु। १८ करोड आम्दानी गाउँमै आएको थियो। यहाँका किसानले उत्पादन काठमाण्डौ, विराटनगर, इटहरी र धरानलगायत सहरमा ठेकेदारमार्फत पठाइरहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार