खुर्सानीबाट आर्थिक समृद्धि: पौवादुङ गाउँपालिकाको कृषिगत पहल
भोजपुर, साउन २२, २०८२
पौवादुङ–२, सोसेटारका किसान देउमान राईले आठ वर्षदेखि व्यावसायिक रूपमा अकबरे खुर्सानीखेतीमा सक्रिय छन्। यस वर्ष उनले २५ रोपनीमा करिब १७ हजार बोट रुचाइएको खुर्सानी रोपेका छन्।

आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचबाट खेती विस्तार गरेको हुँ, उहाँले बताउनुभयो।गाउँपालिकाले मल्चिङ प्लास्टिकमा ५०५ अनुदान उपलब्ध गराउँदा खेती सजिलो बनेको छ। उहाँले फार्ममा दुई जनालाई रोजगार पनि दिनुभएको छ। सडक सुविधा राम्रो भएकाले उत्पादित खुर्सानी घरमै बिक्री गर्न सकिने भएकोले बजार पहुँच सहज भएको छ।
देउमान मात्र होइन, गाउँका सयौं किसान यो व्यवसायमा लागेका छन्।गाउँपालिकाले ७५० किसानलाई रु। ७० लाखभन्दा बढी मूल्यको कृषि सामग्री वितरण गरेको हो। त्यही वर्ष खुर्सानीखेतीबाट करिब रु। १८ करोड आम्दानी गाउँमै आएको थियो। यहाँका किसानले उत्पादन काठमाण्डौ, विराटनगर, इटहरी र धरानलगायत सहरमा ठेकेदारमार्फत पठाइरहेका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
