मधुवन नगरपालिकाका ५ जना उत्तराखण्ड बाढीमा बेपत्ता, ४ जना घाइते
श्रावण २५,
भारतको उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा मंगलबार भएको क्लाउड बर्स्टु (आरीघोप्टे वर्षा) का कारण आएको बाढीपहिरोमा ५ जना नेपाली नागरिक बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको उपचार भइरहेको छ भने २ जना उपचारपछि डिस्चार्ज भएका छन्।

घाइते हुनेमा मधुवन नगरपालिका–५ का उदय गुरुङ, मधुवन नगरपालिका–८ का गोपाल थापा, बारबर्दिया नगरपालिका–४ का कालिग्राम चौधरी र मधुवन नगरपालिका–५ का अशोक परियार रहेका छन्। उनीहरूलाई स्थानीय अस्पतालबाट उपचारपछि डिस्चार्ज गरिएको छ। घाइते हुनेमा लक्ष्मी परियार र भुपेन्द्र खत्री रहेका छन्। जसको उपचार भइरहेको छ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती र २ वर्षका छोरा रोमन, र मधुवन नगरपालिका–५ का रामु परियारकी श्रीमती अमृता र उनका छोरा सुभाष विक रहेका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
