मधुवन नगरपालिकाका ५ जना उत्तराखण्ड बाढीमा बेपत्ता, ४ जना घाइते
श्रावण २५,
भारतको उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा मंगलबार भएको क्लाउड बर्स्टु (आरीघोप्टे वर्षा) का कारण आएको बाढीपहिरोमा ५ जना नेपाली नागरिक बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको उपचार भइरहेको छ भने २ जना उपचारपछि डिस्चार्ज भएका छन्।

घाइते हुनेमा मधुवन नगरपालिका–५ का उदय गुरुङ, मधुवन नगरपालिका–८ का गोपाल थापा, बारबर्दिया नगरपालिका–४ का कालिग्राम चौधरी र मधुवन नगरपालिका–५ का अशोक परियार रहेका छन्। उनीहरूलाई स्थानीय अस्पतालबाट उपचारपछि डिस्चार्ज गरिएको छ। घाइते हुनेमा लक्ष्मी परियार र भुपेन्द्र खत्री रहेका छन्। जसको उपचार भइरहेको छ।

बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ का नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती र २ वर्षका छोरा रोमन, र मधुवन नगरपालिका–५ का रामु परियारकी श्रीमती अमृता र उनका छोरा सुभाष विक रहेका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको छ।
बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता
खजुरा गाउँपालिकाले २८ ऐन–कानुन बनाएर सेवा प्रवाह प्रभावकारी बनायो
पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी
सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
