समाचार
जनकपुरधाम उपमहानगरपालिका–९: रेलले कार ठोक्कियो, सेवा अवरुद्ध
२५ साउन २०८२,
जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापाचोक नजिक रेल र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। नेपाल रेल्वे कम्पनीको रेल महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गर्दा उक्त दुर्घटना भएको हो। दुर्घटनामा कारमा सवार तीन जना यात्रु सामान्य घाइते भएका छन् भने कारमा ठूलो क्षति पुगेको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार रेलको ठक्करले ठूलो आवाज आएको थियो। घटनापछि केही समयका लागि रेल सेवा अवरुद्ध भएको थियो। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्
यस दुर्घटनामा घाइते भएका तीनै जनालाई प्राथमिक उपचारपछि घर फर्काइएको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति:
आइतबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
