अपार सम्भावना: धौवादी र जलजले पालिकाको स्वदेशी समृद्धि अभियान - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

अपार सम्भावना: धौवादी र जलजले पालिकाको स्वदेशी समृद्धि अभियान

 धौवादी (पूर्वी नवलपरासी) – फलाम उत्खननको प्रगति

खनिज स्रोतको पहिचान

    गण्डकी प्रदेश, पूर्वी नवलपरासी (नवलपुर) को हुप्सेकोट–धौवादी क्षेत्रभित्र लगभग १० किलोमिटर क्षेत्रफलमा फलामको विशाल भण्डार पाइएको छ। यस क्रममा Dhaubadi Iron Company Limited स्थापना भइसकेको छ र फ्रल योजना अनुसार ९९ मिलियन टन फलाम रहेको अनुमान गरिएको छ, जसबाट ९६ मिलियन टन उत्पादन गर्न सकिने सम्भावना छ।

4-1754986246.JPG
 

आर्थिक र सामाजिक प्रभावहरू

   कम्पनीको प्रारम्भिक अनुमान अनुसार परियोजना लागत रु ५१.२५ अर्ब पुग्नेछ, जसबाट सात वर्षभित्र नाफा सम्भावनीय छ। यसको फलस्वरूप प्रत्यक्ष रूपमा २,०००–२,५०० र अप्रत्यक्ष रूपमा २०,०००–२५,००० जनालाई रोजगारी प्राप्त हुनेछ।

अगाडि को प्रक्रिया

   हाल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर),वातावरणीय अध्ययन ९भ्क्ष्ब्० र प्रशासनिक तयारीहरू अघि बढिरहेका छन्। प्रधानमन्त्रि केपी शर्मा ओलीले २०८५ सम्म आफ्नो उत्पादन शुरू गर्ने लक्ष्य तय गर्न निर्देशन दिएका छन्।

 

3-1754986013.jpg
  दैलेख (जलजले) – प्राकृतिक मिथेन ग्यासको सम्भावना

खोज र प्रारम्भिक तथ्याङ्क

  चीनको Geological Survey (CGS) र CNPC Xibu Drilling Engineering Company द्वारा जलजले (भैरवी गाउँपालिका) मा गरिएको प्रारम्भिक ड्रिलिङले ४,१३ मिटरको गहिराइमा १.१२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार पाइएको पुष्टि भएको छ।

1-1754985767.jpeg
 

दीर्घकालीन सम्भावना

    चारवटा सम्भावित कुँवाबाट कुल अनुमानित ग्यास भण्डार करिब ४३० अर्ब घनमिटरसम्म हुनसक्छ, जसले नेपाललाई लगभग ५० वर्षसम्मको ग्यास आपूर्ति प्रदान गर्न सक्छ।

2-1754986011.JPG
 

भविष्य योजनाहरू

   अंतिम प्रतिवेदन सर्वसम्मत दिसेम्बर २०२५ भित्र प्राप्त हुनेछस त्यसपछि वाणिज्यिक परीक्षणमा जान सरकार तयार हुँदैछ। प्रत्यक्ष उत्पादनका लागि पुँजी र कानूनी मोडल बनाउने प्रक्रिया सुरु भएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार