पलिका अक्षयकोष स्थापना: सविता फेम्बु लिम्बू (हेमा) द्वारा फोनिज ताप्लेजुङ शाखामा योगदान - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

पलिका अक्षयकोष स्थापना: सविता फेम्बु लिम्बू (हेमा) द्वारा फोनिज ताप्लेजुङ शाखामा योगदान

फुङलि, साउन २८ 

    नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङ शाखामा समाजसेवी सविता फेम्बु लिम्बू हेमा ले अक्षयकोष स्थापना गर्नुभएको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका घर भइ हाल हङकङमा बसोवास गर्दै आइरहनु भएका समाजसेवी लिम्बूले फोनिजको नाममा नगद १ लाख ५१ हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो।

   फोनिजको २६ औं स्थापना दिवसको अवसरमा समाजसेवी लिम्बूले उक्त रकम बराबरको ‘सविता फेम्बु लिम्बू (हेमा) अक्षयकोष’ स्थापना गर्नुभएको ताप्लेजुङ शाखाका अध्यक्ष दिलकुमार लिम्बूले बताउनुभयो। दिवसको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा दाताका प्रतिनिधि खगेन्द्र फेम्बुले फोनिज ताप्लेजुङका अध्यक्ष दिलकुमार लिम्बूलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्दै अक्षयकोष स्थापना गरिएको हो।

 

1-1755078843.JPG
    उक्त अक्षयकोषबाट वार्षिक रूपमा प्राप्त हुने ब्याजमार्फत जनजातिको हक हितका लागि कलम चलाउने पत्रकार तथा लेखकलाई पुरस्कृत गर्ने योजना रहेको अध्यक्ष लिम्बूको भनाइ छ। त्यस्तै, पर्यावरणको तथा सांस्कृतिक संरक्षणको निम्ति समेत अक्षयकोष स्थापना गर्न कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदलाई परियोजना प्रस्तावना समेत बुझाएको छ। जनजातिसँग सम्बन्धित वस्तुहरूको संरक्षणमा भूमिका खेल्ने नागरिकलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गर्ने योजनाअनुसार प्रस्ताव पेस गरिएको फोनिज ताप्लेजुङले जनाएको छ।

1-1755078843.JPG
 

ताप्लेजुङ शाखाले अक्षयकोष स्थापना, परियोजना प्रस्तावना पेस तथा शुभकामना आदानप्रदान गर्दै फोनिजको स्थापना दिवस मनाएको हो। कार्यक्रममा फोनिजका सङ्घीय सचिव माला पालुङ्वा, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष फेम्बु, नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष वाङ्गे शेर्पा, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यलगायत विभिन्न जाति संस्था तथा पत्रकारजन्य सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार