गुल्मीको चन्द्रकोट गाउँपालिकामा पुरुषको शव फेला: प्रहरी अनुसन्धान जारी
गुल्मी, २८ साउन
गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित बहुउद्देश्य कृषक समूहको माछापोखरीमा एक पुरुषको शव फेला परेको छ। मंगलबार बेलुकी स्थानीयहरूले पोखरीको डिलमा पुरुषको टि–सर्ट, पाइन्ट, चप्पल र क्याप देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थलमा पुगेर शवको पहिचान गरेको छ। मृतकको नाम तुल्सीबहादुर क्षेत्री रहेको र उनी गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ का स्थायी बासिन्दा थिए।
हाल उनी चन्द्रकोट गाउँपालिका–८ रजाली टोलमा ६९ वर्षीय टेकबहादुर रजालीको घरमा बस्दै आएका थिए। उनी विगत २० वर्षदेखि भिनाजु टेकबहादुर रजालीसँगै बस्दै आएका थिए। प्रहरीले जानकारी दिएको अनुसार, तुल्सीबहादुर मंगलबार बिहान करिब ८ बजे बजार जान्छु भन्दै घरबाट निस्किएका थिए।
प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीका अनुसार, शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मी पठाइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
